घनश्याम भुसालमाथि कारबाही सिफारिस भएपछि योगेशको आपत्ति

घनश्याम भुसालमाथि कारबाही सिफारिस भएपछि योगेशको आपत्ति

२०७९, जेठ २२ आइतवार

  • 861
    SHARES

  • घनश्याम भुसालमाथि कारबाही सिफारिस भएपछि योगेशको आपत्ति

    काठमाडौं । नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए।

    सचिव भट्टराईले सामाजिक सञ्जालबाट भनेका छन्, ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्याउँदैन । फेरि पनि बादे बादे जायते तत्व बोध।’

    स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेको भन्दै शनिबार एमाले अनुशासन आयोगले कारबाही सिफारिस गरेको थियो । 

    २०७९, जेठ २२ आइतवार०८:३६:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार