काठमाडौं । शिक्षा क्षेत्रमा दुई दिन बिदा नहुने भएको छ ।
सरकारले शिक्षा क्षेत्र अत्यन्तै अत्यावश्यक तथा संवेदनशिल समूहमा राखेकाले दुईदिन बिदा नगर्ने भएको हो ।
दुईदिन बिदा नगर्ने निर्णय नै भएकाले चाँडै कार्यान्वयन चरणमा जाने शिक्षा मन्त्री देवेन्द्र पौडेलले जनाएका छन् । यसभन्दा अगाडि जे थियो सोही हुने पनि उनको भनाई छ ।
कोरोना महामारीका कारण शिक्षा अस्तव्यस्त बन्दै गएको भन्दै व्यापक आलोचना हुँदै आएको थियो । जनसवालका आवाजलाई सुन्दै स्थानिय सरकारले आ आफ्नो ढंगले विद्यालय खुल्ने निर्णय गर्दै आएका थिए । स्थानिय सरकारका निर्णयबाट अत्तालिएको केन्द्र सरकारले विद्यालय क्षेत्रभने खुलाउने निर्णय गरेको छ ।