काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबाट गरिबी हटाई युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्न प्राकृतिक स्रोत साधनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा आज आयोजित सुदुरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभामा प्रधानमन्त्री देउवाले सुदुरपश्चिम क्षेत्रमा विगतको तुलनामा अहिले हवाई मार्ग र सडक मार्ग मार्फत पूर्वाधारमा विकास भएपनि गरिबीको दर भने नघटेको बताए ।
प्रधानमन्त्री देउवाले संघ तथा प्रदेशहरुले समन्वय गरी नीति, नियम र कानुन बनाई गरिबी र असमानतालाई हटाउनुपर्ने, विकासको बाढी ल्याउन सबैबीच सहकार्यको आवश्यकता औल्याए ।
उनले सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकासका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए ।