महानगर प्रमुख शाह र मुख्यमन्त्री पाण्डेबीच भेट

महानगर प्रमुख शाह र मुख्यमन्त्री पाण्डेबीच भेट

२०७९, जेठ २२ आइतवार

  • 1.0K
    SHARES

  • महानगर प्रमुख शाह र मुख्यमन्त्री पाण्डेबीच भेट

    काठमाडौं । काठमाडौ. महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ ।

    मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौं महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव ई उमेश रुपाखेतीले जानकारी दिए ।

    यस्तै, भेटमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । 

    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित शाहले आफू निर्वाचित भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता एवं विभिन्न सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आएका छन् ।

    २०७९, जेठ २२ आइतवार०२:३१:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार