अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

२०७७, पौष २१ मंगलवार

  • 1.9K
    SHARES

  • अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

    पौष २१, वासिङ्टन ।

    अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित भएका छन् । 

    डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र्याटकै बहुमत रहेकाले झिनो मतान्तरले उनी पुनः निर्वाचित भएका हुन् । 
     
    अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाएका थिए ।  

    त्यसैगरी कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र्याइँ प्रति पनि उनले सरकारलाई सचेत गराइरहेका थिए ।  
     
    उनले विगतमा राम्रो भूमिका खेलेकाले उनलाई नै फेरी जिम्मेवारी दिन हामी तयार भयौँ, एक सांसदले भने ।  

    सभामुख पेलोसी थप दुई बर्षका लागि पुनः निर्वाचित भएका हुन् ।  यो नै उनको अन्तिम कार्यकाल हुने संभावना रहेको छ । 
      
    उनले कोरोनाका कारण जीवन गुमाएका तीन लाख ५० हजारभन्दा बढी नागरिक, रोजगारी गुमाएका व्यक्ति र समस्यामा परेका सवैका लागि आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्ने अठोट व्यक्त गरे । 

    सभामुखमा उनका विरुद्धमा म्याककार्थीलाई उम्मेदवार बनाइएको थियो । उनले झिनो मतान्तरले पराजय भोग्नु परेको छ । 
     
    औपचारिक रूपमा सार्वजनिक गरिएको नतिजा अनुसार पेलोसीले २१६ मत प्राप्त गर्दा म्याककार्थीले २०९ मत प्राप्त गरेका थिए । 
       
    कोरोनाभाइरस नियन्त्रणसम्वन्धी निर्देशिकालाई पालना गर्दै निर्वाचन गरिएको थियो । उनीहरुलाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र सेनिटाइजर वा सावुन पानी प्रयोग गर्न पनि लगाइएको अधिकारीहरूले जनाएका छन् । 

    डेमोक्र्याटका तर्फबाटै राष्ट्रपति निर्वाचित भएका जो बाइडेनले पदबहाली गर्न १७ दिन बाँकी रहँदा पेलोसी अमेरिकी सभामुखका रूपमा पुनः निर्वाचित भएका हुन् । अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिलाई जनवरी २० तारिखमा सपथ ग्रहण गराउदै पद बहाली गराउने प्रचलन रहेको छ ।-एजेन्सी ।   

    २०७७, पौष २१ मंगलवार०६:५१:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार