काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी मन्त्री हेरफेर गर्नेबारे छलफल गरेको छ ।
आज बसेको पार्टी सचिवालय बैठकले सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने जिम्मेवारी पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।
पार्टीले सरकारमा सहभागी मन्त्रीलाई ६ महिनाका लागि पठाएको भन्दै उपमहासचिव तुलाधरले पाटीको निर्णय सबैले मान्नुपर्ने बताएका हुन् ।