नेपालमा मनसुन सरदर मितिभन्दा अगाडि प्रवेश

नेपालमा मनसुन सरदर मितिभन्दा अगाडि प्रवेश

२०७९, जेठ २३ सोमवार

  • 877
    SHARES

  • नेपालमा मनसुन सरदर मितिभन्दा अगाडि प्रवेश

    काठमाडौँ । नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     
    महाशाखाले आजै विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली आजका दिन नेपालको प्रदेश नं १ मा आगमन भएको जनाएको छ । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने महाशाखाको अनुमान छ ।

    नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएको विभागले जनाए पनि यसअघि विभागकै वेवसाइटमा नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने उल्लेख गरिएको थियो ।  

    देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । 

    यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार नियमितरुपमा अद्यावधिक गर्दै जाने बुलेटिनमा उल्लेख छ ।

    २०७९, जेठ २३ सोमवार०७:१६:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार