पुनः मतदाता नामावली संकलन गरिने

पुनः मतदाता नामावली संकलन गरिने

२०७९, जेठ २३ सोमवार

  • 685
    SHARES

  • पुनः मतदाता नामावली संकलन गरिने

    काठमाडौं । निर्वाचन आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरी पुनः मतदाता नामावली संकलन गर्ने कार्य अघि बढाउने तयारी गरेको छ ।

    आगामी मंसिरमा हुने भनिएको दुवै तहको निर्वाचनको मतदाता नामावली संकलन कार्यक्रम अघि बढाउने तयारी भइरहेको आयोगले जनाएको छ । 

    दुवै तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन गर्ने कार्य अघि बढाउन लागिएको जानकारी दिँदै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो–‘आयोगले चाँडै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउने गृहकार्य थालेको छ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय मतदाताले इच्छा हुँदाहुँदै पनि मतदाता नामावलीमा नाम नभएका कारणले गर्दा मतदान गर्न पाएन । 

    उमेर पुगेकाहरूले मतदान गर्न पाउने अधिकारलाई सम्बोधन गर्नका लागि नाम दर्ता खोल्नुपर्ने स्थिति रहेकोले आयोगले नाम दर्ता खोल्ने योजना बनाएको सहायक प्रवक्ता अर्यालले बताए । 

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका थिए । अब आयोगले त्यस अवधिसम्म नाम छुटेका र त्यसपछि १८ वर्ष भएका नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा समेट्ने छ । छुटेका मतदाताको नाम संकलनका लागि स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

    २०७९, जेठ २३ सोमवार०७:२१:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार