काठमाडौं महानगरपालिका-३१ का नवनिर्वाचित जनप्रतिनिधिलाई अनेमसंघको सम्मान 

काठमाडौं महानगरपालिका-३१ का नवनिर्वाचित जनप्रतिनिधिलाई अनेमसंघको सम्मान 

२०७९, जेठ २३ सोमवार

  • 1.1K
    SHARES

  • काठमाडौं महानगरपालिका-३१ का नवनिर्वाचित जनप्रतिनिधिलाई अनेमसंघको सम्मान 

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ३१ बाट नवनिर्वाचित पदाधिकारीहरुलाई अखिल नेपाल महिला संघले सम्मान गरेको छ । 

    सोमबार वडाको कार्यालय रहेको स्थान भिमसेनगोलामा पुगेर अनेमसंघ वडा कमिटीले सम्मान गरेको हो । 

    सर्वसाधारणका काम कारबाहीले व्यस्त देखिएको वडामा सेवाग्राही समेत सहभागी भएर बधाई ज्ञापन गरेका थिए । 

    अनेमसंघ वडा कमिटी अध्यक्ष कोपिला गिरी, सचिव संगिता बस्नेत लगायतको ठूलो समुहले कार्यालयमा खाजा खाने समयलाई अवसरको रुपमा सदुपयोग गर्दै सम्मान गर्दा सेवाग्राही समेत खुशी हुनु भएको अध्यक्ष गिरीले बताइन् ।

    भुगोल र जनसंख्याको हिसाबले महानगरकै ठूलो वडामध्येमा पर्ने यस वडाको अध्यक्षमा नेकपा एमालेबाट सरोज ढकाल निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यहरुमा हुमादेवी आचार्य, अशोक केसी, अप्सरा संजेल खनाल र सान्नानी मिजार निर्वाचित भएका छन् ।

    २०७९, जेठ २३ सोमवार०५:५४:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार