आज यी क्षेत्रमा पर्दैछ पानी, सतर्क रहन विज्ञको आग्रह 

आज यी क्षेत्रमा पर्दैछ पानी, सतर्क रहन विज्ञको आग्रह 

२०७९, जेठ २४ मंगलवार

  • 1.1K
    SHARES

  • आज यी क्षेत्रमा पर्दैछ पानी, सतर्क रहन विज्ञको आग्रह 

    काठमाडौं । आइतबार पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहे पनि पूर्वी नेपालमा वर्षा भइरहेको छ।

    यसबाहेक मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको हुँदा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    बिहान प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र मधेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ।

    महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

    २०७९, जेठ २४ मंगलवार०७:२८:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार