बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत

२०७९, जेठ २४ मंगलवार

  • 973
    SHARES

  • बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत

    लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन् । कञ्जरभेटिभका ३ सय ५९  जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए  भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका थिए। उनलाई विश्वासको मत  जित्नका लागि १ सय ८० मत आवश्यक हुन्छ ।  

    आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका हुन् । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना  सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई हिजो बुझाइएको थियो ।

    विश्वासको मतका लागि बेलायती समय अनुसार हिजो बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान भएको थियो । -एजेन्सी ।  

    २०७९, जेठ २४ मंगलवार०८:४२:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार