पूर्वाधार विना नै इम्बोस्ड नम्बर राख्न असम्भव रहेकाले तत्काल फिर्ता लिन आग्रह

पूर्वाधार विना नै इम्बोस्ड नम्बर राख्न असम्भव रहेकाले तत्काल फिर्ता लिन आग्रह

२०७९, जेठ २४ मंगलवार

  • 821
    SHARES

  • पूर्वाधार विना नै इम्बोस्ड नम्बर राख्न असम्भव रहेकाले तत्काल फिर्ता लिन आग्रह

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल जारी  छ ।

    छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरुले बजेटमा रकम विनियोजन गरिनु ठूलो विषय नभएको भन्दै योजना छनौटमा ध्यान दिनुपर्ने बताए ।

    उनीहरूले पूर्वाधार विना नै यातायातमा इम्बोस्ड नम्बर राख्ने सरकारको निर्णय असम्भव रहेकाले तत्काल फिर्ता लिन आग्रह गरे ।

    छलफलमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले मुलुकको सन्तुलित विकासलाई बजेटले समेट्न नसकेको भन्दै प्रदेशगत बजेट विनियोजन मात्रैले समग्र मुलुकलाई विकासको दिशामा अगाडी बढाउन नसक्ने धारणा राखे ।

    उनीहरूले अघिल्लो सरकारले अगाडि सारेका विकासका योजनाहरूलाई  आगामी आर्थिक वर्षको बजेटले सम्बोधन नगरेको बताए । 

    यसअघि, बैठकमा सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल, आशाकुमारी विक, नरबहादुर धामी, भानुभक्त ढकाल र वसन्तकुमार नेम्वाङले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव राखेका थिए ।

    बैठकमा आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेटमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय मन्त्रालय,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत  छलफल जारी छ ।

    २०७९, जेठ २४ मंगलवार०४:१०:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार