काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३५६ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।
हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।