आज कहाँ कहाँ पर्दैछ पानी ?

आज कहाँ कहाँ पर्दैछ पानी ?

२०७९, जेठ २५ बुधवार

  • 737
    SHARES

  • आज कहाँ कहाँ पर्दैछ पानी ?

    काठमाडौं । बुधबार देशैभर हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

    नेपालमा हाल मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा छ ।

    बिहीबार पनि प्रदेश १, मधेश, बागमती, गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

    २०७९, जेठ २५ बुधवार०७:३१:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार