ल्यान्डफिल साइटमा मिथेन ग्यास विस्फोट हुन सक्ने

ल्यान्डफिल साइटमा मिथेन ग्यास विस्फोट हुन सक्ने

२०७९, जेठ २५ बुधवार

  • 1.2K
    SHARES

  • ल्यान्डफिल साइटमा मिथेन ग्यास विस्फोट हुन सक्ने

    काठमाडौं । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ । चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौं महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ ।

    वैज्ञानिक डा. भोजराज पन्तको टोलीले तयार गरेको रिपोर्टमा सिसडोल ल्यान्डफिल साइटको दक्षिण क्षेत्रबाहेक सबै क्षेत्रबाट ग्यास बाहिरिन नसकेको कारण विस्फोट भएर आगलागी हुने सम्भावना रहेको उल्लेख छ । फोहोर व्यववस्थापन गर्न नसक्दा फोहोर गुम्सेर बनेको मिथेन ग्यास खतरनाक बनेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    ग्यास बाहिरिन पाइप (भेन्स) राख्नुपर्नेमा अधिकांश क्षेत्रमा सो पाइप नराखेको देखिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोरको दुर्गन्ध हटाउने उपाय खोज्न र दुर्गन्धको मापन गर्न नास्टलाई आग्रह गरेपछि नास्टको वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पुगेको थियो । शनिबार अनुसन्धान गरेर फर्केको टोलीले सोमबार कामपालाई रिपोर्ट बुझाएको थियो ।

    रिपोर्टअनुसार तत्काल ग्यास बाहिर जाने व्यवस्था गर्न आग्रह गरिएको छ । त्यस्तै फोहोर विसर्जन गरेपछि सो फोहोरलाई माटोले पुर्नुपर्ने, फोहोरको लेदो (लिचेड) व्यवस्थित गर्नुपर्ने, फोहोर विसर्जन गर्नुअघि केमिकलले स्प्रे गर्नुपर्ने, मिथेन ग्यासको सम्भावित दुर्घटनाबाट जोगिन समुदायलाई सचेत गराउनुपर्ने लगायत सुझाव दिइएको छ ।

    यसैबीच कामपाले प्रहरी परिचालन गरेर फोहोर विसर्जन गर्न शुरू गरेको छ । करिब २ सयको संख्यामा रहेका प्रहरीको टोली बन्चरेडाँडा ल्यान्डफिल साइट र सवारी साधन आउने बाटोमा परिचालन गरिएको छ ।

    प्रहरी वृत्त वालाजुका प्रहरी सहायक उपरीक्षक (डीएसपी) गौतम मिश्रको नेतृत्वको टोलीले आन्दोलनकारीलाई पक्राउ गरेको थियो । पक्राउ गर्नेक्रममा दुईतर्फी झडप भएको थियो ।

    २०७९, जेठ २५ बुधवार०७:५१:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार