फोहोरको कारण संक्रमणको जोखिम देखिएको भन्दै बाहिर ननिस्कन कूटनीतिक नियोगको सर्कुलर

फोहोरको कारण संक्रमणको जोखिम देखिएको भन्दै बाहिर ननिस्कन कूटनीतिक नियोगको सर्कुलर

२०७९, जेठ २५ बुधवार

  • 1.2K
    SHARES

  • फोहोरको कारण संक्रमणको जोखिम देखिएको भन्दै बाहिर ननिस्कन कूटनीतिक नियोगको सर्कुलर

    काठमाडौँ । काठमाडौँमा रहेका कूटनीति नियोगले काठमाडौँका सहरमा थुप्रिएका फोहोरबाट संक्रमणको जोखिम देखिएको भन्दै अनावश्यक हिँडडुल नगर्ने आन्तरिक सर्कुलर जारी गरेको छ ।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँडडुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको जानकारी दिए ।

    यसले नेपालको छविमा आँच आएको र फोहोर व्यवस्थापन गर्न सरकार मौन बसेको भन्दै उनले अब काठमाडौँवासी चुप लागेर नबस्ने पनि चेतावनी दिए ।

    निर्वाचनको अवधिभर धैर्य गरेका काठमाडौँवासी सहर नै दुर्गन्ध हुने गरी फोहोर थुप्रिँदासमेत सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरे।

    २०७९, जेठ २५ बुधवार१२:४५:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार