नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

२०७९, जेठ २६ बिहिवार

  • 961
    SHARES

  • नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    काठमाडौँ । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।

    इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिए।

    पहिराकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना-४ स्थित नाग्दीखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले बताए।

    २०७९, जेठ २६ बिहिवार०७:३१:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार