धनुषा जिससमा काँग्रेसको प्यानल निर्विरोध

धनुषा जिससमा काँग्रेसको प्यानल निर्विरोध

२०७९, जेठ २६ बिहिवार

  • 1.0K
    SHARES

  • धनुषा जिससमा काँग्रेसको प्यानल निर्विरोध

    धनुषा । जिल्ला समन्वय समिति धनुषामा नेपाली काँग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका छन् । 

    बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा काँग्रेसको मात्र मनोनयन परेको थियो । 

    धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भएकी छन् । 

    यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भएका छन् । जिसस सदस्यमा पनि कांग्रेसको मात्रै उम्मेदवारी परेको थियो । 

    २०७९, जेठ २६ बिहिवार०७:३६:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार