काठमाडौं । चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजमा “टिक टक” प्रतियोगिता आयोजना हुने भएको छ। एस इ इ परिक्षामा सामेल भएका विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने सो प्रतियोगितामा विजयी हुनेहरुलाई नगर पुरस्कार प्रदान गरिने कलेजले जानकारी दिएको छ।
जेष्ठ २५ गते देखि असार २५ गते सम्म संचालन हुने सो प्रतोयोगितामा प्रथम हुनेले नगद ५ हजार प्राप्त गर्नेछन् भने द्धितीय र तृतीय हुनेले क्रमशः ३ हजार र २ हजार पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै प्रतियोगितामा विजयी हुने विद्यार्थीले कलेजका कुनैपनि संकायमा छात्रवृति समेत प्राप्त गर्ने कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिएका छन् ।