एमाले सांसद कृष्ण राई भन्छन्, 'एमालेले बालेन्द्र शाहलाई पूर्णरूपले सहयोग गर्छ'

एमाले सांसद कृष्ण राई भन्छन्, 'एमालेले बालेन्द्र शाहलाई पूर्णरूपले सहयोग गर्छ'

२०७९, जेठ २६ बिहिवार

  • 2.6K
    SHARES

  • एमाले सांसद कृष्ण राई भन्छन्, 'एमालेले बालेन्द्र शाहलाई पूर्णरूपले सहयोग गर्छ'

    काठमाडौँ । नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

    बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन्।

    सांसद राईले भने, ‘भर्खर निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु- हिजो विद्यासुन्दर शाक्यलाई असहयोग गर्ने उपप्रमुखजस्तै आज उपप्रमुखको रूपमा विजय हासिल गर्नुभएकी सुनिता डंगोलले तपाईंलाई असहयोग गर्नु हुनेछैन। तपाईंलाई हामी पूर्णरूपले सहयोग गर्न चाहन्छौँ। तर बालेन शाहले संयता अपनाएर अगाडि बढ्न जरुरी छ।’

    फोहोरमैलाले काठमाडौँवासीलाई अत्यन्तै अफ्ठेरो पारेको पनि उनले बताए। काठमाडौँको फोहोर नउठ्दा सिंगो देश प्रभावित बनेको उनको भनाइ छ।

    ‘मैले यस विषयमा प्रधानमन्त्रीको मात्र ध्यानाकर्षण गरेको छैन, गठबन्धनको ध्यानाकर्षण गरेको छु’, सांसद राईले भने।

    सांसद राई काठमाडौं क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

    २०७९, जेठ २६ बिहिवार११:४९:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार