त्रिविमा १३९ दिन तालाबन्दी हुँदा सरकार मुकदर्शक बनेको रावलको आरोप

त्रिविमा १३९ दिन तालाबन्दी हुँदा सरकार मुकदर्शक बनेको रावलको आरोप

२०७९, जेठ २६ बिहिवार

  • 801
    SHARES

  • त्रिविमा १३९ दिन तालाबन्दी हुँदा सरकार मुकदर्शक बनेको रावलको आरोप

    काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले त्रिभुवन विश्वविद्यालय १३९ दिन तालाबन्दी हुँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

    बिहीबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले गृहमन्त्री र शिक्षामन्त्रीलाई त्रिविमा ताला लागेको जानकारी छ भनी प्रश्न गरे ।

    उनले भने, ‘१३९ दिन भयो त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको गृहमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू तपाईलाई जानकारी छ । के उत्कृष्ट हुन लागेको हो ?’

    सरकारले बजेटमार्फत त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसलाई सेन्टर फर एक्सिलेन्स बनाउने घोषणा गरेको छ । तर नेपाली काँग्रेसको विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

    सांसद रावलले त्यहाँ ताला लगाउँदा प्रहरी उपस्थित भएको प्रत्यक्षदर्शीको बताएको भन्दै प्रश्न गरे, ‘यो भन्दा विडम्बना, यो भन्दा गैर जिम्मेवार, यो भन्दा शिक्षाप्रतिको नेपाल सरकारको खेलवाड के हुन सक्छ ?’

    उनले अघि भने, ‘के यो विश्वमा १३९ दिन विश्वविद्यालय बन्द हुँदा गृह मन्त्रालय र शिक्षा मन्त्रालय मुकदर्शक हुने संसारमा कहीँ हुन्छ ?’

    नेपाली काँग्रेसका कार्यकर्ता हुँ भन्नेले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको र काँग्रेसबाटै बनेका प्रधानमन्त्री र गृहमन्त्रीले रमिता हेरेको रावलले बताए ।

    उनले भने, ‘यहाँ आएर हामी त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट बनाउँछौँ, क्या व्यङ्ग्य ! आफूले आफैँलाई व्यङ्ग्य नहान्नुस् न !’

    २०७९, जेठ २६ बिहिवार०३:१८:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार