नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल

नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल

२०७७, पौष २१ मंगलवार

  • 1.8K
    SHARES

  • नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल

    पौष २१, काठमाडौं । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई दिएको छ । 

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई दिने निर्णय गरेको हो ।

    बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर ज्ञवाली र पौडेललाई इन्चार्जको जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

    २०७७, पौष २१ मंगलवार०७:१२:५६
    प्रतिक्रिया
    सम्बन्धित समाचार