उपत्यकाको फोहोर आजबाट उठ्ने, ढुवानी अब राति मात्र

उपत्यकाको फोहोर आजबाट उठ्ने, ढुवानी अब राति मात्र

२०७९, जेठ २७ शुक्रवार

  • 1.3K
    SHARES

  • उपत्यकाको फोहोर आजबाट उठ्ने, ढुवानी अब राति मात्र

    काठमाडौँ । काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच विहिवार मध्यराति सहमति भएसँगै काठमाडौँ उपत्यकाको फोहोर आजबाट उठ्ने भएको छ ।

    ककनी र धुनिवेशीमा पर्ने ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ ।

    स्थानीयवासीका लागि महानगरले नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको १८ बुँदे सहमति भएको छ ।

    समयसीमा तोकेर कुन काम कति बेला गरिसक्ने भन्ने पनि सहमतिमा उल्लेख छ ।

    सहमति पत्रमा महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ककनी गाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिवेंसी गाउँपालिका – १ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।

    २०७९, जेठ २७ शुक्रवार०७:१९:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार