भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने

भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने

२०७९, जेठ २७ शुक्रवार

  • 849
    SHARES

  • भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने

    नयाँ दिल्ली । भारतमा १६औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ ।

    त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ ।

    प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा भने, ‘नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ ।’

    भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

    राष्ट्रपति चयनका लागि एक सांसदको मतभार ७०० हुने संवैधानिक व्यवस्था रहेको छ ।

    मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बित भएको वा कारागारमा छ भने उनीहरूलाई प्रक्रिया पुरा गरेर मतदान गर्न पाइने व्यवस्था छ ।

    राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता यही जुन २९ मा गर्नुपर्ने गरी निर्वाचन तालिका बनाइएको निर्वाचन आयोगले जनाएको छ ।

    उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने जुलाई २ मा मात्रै हुने भएको छ ।

    अहिले सन् २०२२ मा राष्ट्रपति निर्वाचनका लागि चार हजार ८०९ ‘इलेक्ट्रोरल’ मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले ‘ह्विप’ जारी गर्न नसक्ने पनि प्रमुख आयुक्त कुमारले जानकारी दिए । -रासस / सिन्ह्वा ।

    २०७९, जेठ २७ शुक्रवार०७:३३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार