ओलीको दावी : प्रदेश र संसदीय निर्वाचनमा एमाले अत्यधिक स्थानमा विजयी हुन्छ

ओलीको दावी : प्रदेश र संसदीय निर्वाचनमा एमाले अत्यधिक स्थानमा विजयी हुन्छ

२०७९, जेठ २७ शुक्रवार

  • 973
    SHARES

  • ओलीको दावी : प्रदेश र संसदीय निर्वाचनमा एमाले अत्यधिक स्थानमा विजयी हुन्छ

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताएका छन्।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखेका हुन्।

    अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताएका छन्।

    उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको तथा अन्य पार्टीहरू वामपन्थी नभएको जिकिर पनि गरे।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए।

    उनले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर पनि  गरे।

    २०७९, जेठ २७ शुक्रवार११:३७:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार