महासङ्घ पदाधिकारीको पदभार ग्रहण, कोषाध्यक्षमा हिराचन

महासङ्घ पदाधिकारीको पदभार ग्रहण, कोषाध्यक्षमा हिराचन

२०७७, मंसिर १६ मंगलवार

  • 1.3K
    SHARES

  • महासङ्घ पदाधिकारीको पदभार ग्रहण, कोषाध्यक्षमा हिराचन

    मंसिर १६, काठमाडौं ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले सोमवार पदभार ग्रहण गरेका छन् ।  

    आइतबार पद तथा गोपनीयताको शपथ लिएका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले सोमवार पदभार ग्रहण गरेका हुन् ।  

    महासङ्घका अनुसार, सोमवारै बसेको केन्द्रीय कार्यकारिणी समितिले मतदान प्रक्रियाबाट कोषाध्यक्षसमेत चयन गरेको छ । महासङ्घको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । कार्यकारिणी समितिमा भएको मतदानमा शिराचनले ४० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डिबी बस्नेतले ३१ मत प्राप्त गरे ।  

    शनिबार सम्पन्न महासङ्घको निर्वाचनमा हिराचन वस्तुगत सङ्घबाट र बस्नेत जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा निर्वाचित भएका थिए । महासङ्घले आइतबार नै विशिष्ट सदस्यमा पूर्वअध्यक्ष पशुपति मुरारकालाई चयन गरिसकेको छ । 

    २०७७, मंसिर १६ मंगलवार०७:३०:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार