जिसस कपिलवस्तुको प्रमुखमा एमालेका आचार्य

जिसस कपिलवस्तुको प्रमुखमा एमालेका आचार्य

२०७९, जेठ २८ शनिवार

  • 789
    SHARES

  • जिसस कपिलवस्तुको प्रमुखमा एमालेका आचार्य

    चन्द्रौटा । कपिलवस्तु जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा (एमाले) का बाबुराम आचार्य निर्वाचित भएका छन् । प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट आचार्य निर्वाचित भएका हुन् ।  

    उपप्रमुखमा एमाले, लोसपा र राप्रपा गठबन्धनबाट रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर भएपछि जिल्ला समन्वय समितिका ६ सदस्यको समेत गोलाप्रथाबाटै चयन गरिएको थियो ।

    सदस्यहरुमा काँग्रेस सका सुनिता चमार, माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी, काँग्रेसका मनोहर धुनियाँ र जसपाका रामु अहिर निर्वाचित भए ।  

    यस्तै गोलाप्रथाबाटै सदस्यमा एमालेकी शकुन्तला भण्डारी र सुमित्रा दमाई तथा जसपाकी सन्ध्या पौडेल खान निर्वाचित भए ।  

    समन्वय समितिको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । 

    एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सित चुनावी तालमेल गरेको थियो ।

    २०७९, जेठ २८ शनिवार०७:४३:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार