सप्तरी। पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रवार राति निधन भएको छ ।
भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी हुन् ।
मिथिला संविधानसभा सदस्यसमेत रहकी थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।
उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।