काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।
क्षेत्रपाटी निःशुल्क चिकित्सालयको आज बिहान निरीक्षण गर्दै मेयर साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका हुन् ।
२०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा समेत उनले जानकारी लिएका छन् ।
मेयर साहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रिया पनि गरेका छन् ।
अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तरक्रिया पश्चात् उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी व्यक्त गरेका छन् ।
उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन् ।
मेयर साहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ रु सहकार्य कसरी हुनसक्छ रु वार्षिक रुपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए ।
उनले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाए ।
स्वास्थ्य र सरसफाईमा महानगरले उच्च चासो दिएको बताउँदै उनले यसको लागि नयाँ नयाँ योजना तथा सल्लाह सुझावहरू लिएर आउनेसँग सहकार्य गरिने बताए ।
अस्पतालका अध्यक्ष डा। मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचार विहीन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाए ।
“यहाँ देशैभरका जोसुकै नेपाली नागरिक मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन् ।”, उनले भने ।