भक्तपुर । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका इश्वर थापा विजयी भएका छन् ।
जम्मा ८ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले ३, नेपाली काङ्ग्रेसका उम्मेदवारले ३ र नेमकिपाका उम्मेदवारले २ मत प्राप्त गरेका थिए । बराबर मत ल्याएका काङ्ग्रेस र एमालेका उम्मेदवारबीच गोलाप्रथा गर्दा एमालेका इश्वर थापा बिजयी भएका हुन् ।