के छ आजको मौसमी प्रणाली ?

के छ आजको मौसमी प्रणाली ?

२०७९, जेठ २९ आइतवार

  • 885
    SHARES

  • के छ आजको मौसमी प्रणाली ?

    काठमाडौँ । नेपालको प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    हाल देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आइतबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ।

    प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

    त्यस्तै सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश, गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९, जेठ २९ आइतवार०७:०५:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार