काठमाडौं । एसिया-युरोप राजनीतिक फोरमको अध्यक्षमा आगामी दुई वर्षका लागि नेकपा एमालेका विदेश विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई निर्वाचित भएका छन् ।
चेक रिपब्लिकको राजधानीमा आजको सम्पन्न बैठकले एमाले नेता भट्टराईलाई अध्यक्ष चयन गरेको हो ।
यसका साथै आगामी वर्षको एसिया युरोप राजनीतिक फोरमको वार्षिक कार्यक्रम पनि नेपालमा गर्ने निर्णय भएको छ ।
आगामी वर्षको अक्टोबरमा हुने सोही कार्यक्रमको अवसर पारेर इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी (आइसीएपीपी) को स्थायी कमिटी बैठक समेत आयोजना हुने भएको छ ।
विश्वभरका राजनीतिक दल सहभागी भएको यो संगठनमा यसअघि नेपालबाट केपी ओली, झलनाथ खनाल र माधव नेपालले प्रतिनिधित्व गरिसकेका छन् ।
प्रागमको भेलामा करीव ३० देशका विभिन्न पार्टीका प्रतिनिधि समेत सहभागी रहेको भट्टराईले जनाएका छन् ।