जिसस सिन्धुपाल्चोकको प्रमुखमा बालकृष्ण निर्वाचित

जिसस सिन्धुपाल्चोकको प्रमुखमा बालकृष्ण निर्वाचित

२०७९, जेठ २९ आइतवार

  • 809
    SHARES

  • जिसस सिन्धुपाल्चोकको प्रमुखमा बालकृष्ण निर्वाचित

    सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको प्यानल  निर्वाचित भएको छ । 

    आज सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका हुन् ।

    उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गणेश विकले १० मत प्राप्त गरे । एक मत खाली रहेको थियो । यहाँ काँग्रेस र समाजवादी तथा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । 

    बाह्र स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कूल २४ मतदाता रहेका छन् ।
     
    उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी भए । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जङ्गप्रताप सिलवालले ११ मत प्राप्त गरे । 

    समन्वय समितिको सदस्यमा समाजवादीबाट एक र काँग्रेसबाट छ जनाले १३÷१३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिए । 

    जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया सेतो कोइराला, सोममाया श्रेष्ठ, तारा नेपाली सदस्यमा विजयी भएका छन् ।

    २०७९, जेठ २९ आइतवार०६:५५:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार