काठमाडौं । अमर ज्योति माध्यमिक विद्यालयको ३८ औं वार्षिकोत्सव, सम्मान तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह २०७९ सम्पन्न भएको छ ।
नागार्जुन नगरपालिकाका प्रमूख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भट्टराईले अध्यक्षतामा गरेका थिए । सो अवसरमा अक्षयकोष दाताहरुलाई सम्मान गरिएको थियो ।
उक्त समारोहमा मदन के.सी. भगवती के.सी. बाट एक लाख एक हजार एक सय एघार, मोहन श्रेष्ठ प्रेम कुमारी श्रेष्ठ (सानु) बाट दुइ लाख पाँच हजार, साधुराम गौतमबाट दुई लाख, स्व. मैया भट्टराईको स्मृतिमा पवन भट्टराई रेखा भट्टराईबाट एकलाख एघार हजार एक सय एघार, स्व. पुर्ण बहादुर रोकाको स्मृतिमा केशव रोकाले पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।

विभिन्न अक्षयकोष स्थापना गर्न सहयोग गर्ने दाताहरुप्रति विद्यालयमा प्रधानाध्यापक सुन्दर पन्त तथा विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेका छन् । ‘गुणस्तरीय शिक्षामा हाम्रो प्रतिवद्धता’ भन्ने नाराको साथ स्थापित अमर ज्योति माध्यमिक विद्यालयले प्रविधिमय शिक्षाको साथै बालबालिकामा व्यवहारिक ज्ञान दिँदै आएको छ ।
उक्त अवसरमा जिल्ला समन्वयन समितिका प्रमुख सन्तोष बुढाथोकी, समाजसेवी तथा नेपाली कांग्रेका नेता दामोदर गौतम, नेपाली कांग्रेका नेता धर्मराज गौतम, विद्यालय व्यवस्थापनका पूर्व अध्यक्ष श्याम कृष्ण खड्का, विद्यालय व्यवस्थापनका पूर्व अध्यक्ष केशव रोका, नार्गाजुन नगरपालिका वडा न.१० वडा अध्यक्ष सुन्दर बहादुर केसी, नार्गाजुन नगरपालिका शिक्षा शाखा अधिकृत सूर्यनाथ कोइराला, नेकपा एमालेका नेता नन्दनहरी गौतम लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय हुने छात्र छात्राहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।