काठमाडौं । स्थानीय तह निर्वाचन अगावैदेखि बन्द भएको फोहोर उठ्ने क्रम शुरु भएको छ ।
फोहोर फाल्ने स्थान सिसडोल र बञ्चरेडाँडाका बासिन्दा र काठमाडौं महानगरपालिकाले गत सोमवार सहमति गरेसँगै फोहोर उठ्ने क्रम शुरु भएको हो ।

शहरै दुर्गन्धित बन्ने अवस्था आएपछि निर्वाचित जनप्रतिनिधि नै फोहोर व्यवस्थापनमा जुटेका छन् । आइतवार साँझ फिल्ड निरिक्षण गर्दै बाटोमा रहेको फोहोर २ दिन भित्र उठाइसक्न वागमती प्रदेश सांसद गणेश दुलाल र वडाध्यक्ष सरोज ढकालले सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

युद्धस्तरमा काम गर्दै फोहोर व्यवस्थापन गर्न जुटेका ठेकेदार नारद गिरीले एक हप्ता भित्रै सम्पूर्ण फोहोर उठाईसक्ने बताएका छन् ।
आइतवार रातिमात्र वडा नं ३१ बाट १० ट्रक र वडा नं १० बाट २ गाडी फोहोर सिसडोल पठाएको पनि उनको भनाई छ ।



