पाकिस्तानका पूर्व प्रधानमन्त्रीद्वारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती

पाकिस्तानका पूर्व प्रधानमन्त्रीद्वारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती

२०७९, जेठ ३० सोमवार

  • 1.1K
    SHARES

  • पाकिस्तानका पूर्व प्रधानमन्त्रीद्वारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती

    इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज सरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् ।

    अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेवारी लिन नपाई प्रधानमन्त्री पदबाट बाहिरिएका खानले आफैलाई विस्थापित गरेका वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती एका हुन् ।

    पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) का अध्यक्ष समेत रहेका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गरे । अहिले भइरहेको गठबन्धन सरकारमा सहभागी दलहरुले आगामी निर्वाचन जित्नु असम्भव रहेको उनको भनाई छ ।

    आगामी निर्वाचनपछिको नतिजामा गठबन्धनका दलहरु र आफ्नो पार्टीका बीचमा ठुलो अन्तर हुने पनि पूर्व प्रधानमन्त्री खानले दाबी गरे ।

    उनले वर्तमान सरकारको समेत चर्को आलोचना गर्दै आगामी निर्वाचनमा सरकारमा सहभागी सबै दललाई हराउन आम नागरिकलाई अनुरोध पनि गरे ।

    सरकारका गलत क्रियाकलापका बारेमा आफ्नो पार्टीले सर्वोच्च अदालतबाट कानुनी उपचार खोज्ने उनले जानकारी दिए ।

    आफूले कोरोना भाइरसको महामारी फैलिएको बेलामा पनि धेरै काम गरेको दाबी गर्दै उनले अहिलेको सरकारले भने जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाए ।-एजेन्सी ।

    २०७९, जेठ ३० सोमवार०४:३४:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार