पौष २१, काठमाडौं ।
करिब - करिब आठ महिनापछि खुल्न थालेका बिद्यालयहरुमा अन्योलता सिर्जना भएको देखिन्छ । कोरोना माहमारी देखा परेसङ्गै शिक्षा क्षेत्र ठुलै नोक्सानी बेहोर्ने क्षेत्रमा पर्छ ।
सरकार आफ्नो कार्य योजना बनाउने तर्फ मात्रै लागेको देखिन्छ । सरकार योजना त बनाउछ तर कार्यान्वयन गर्न सकेको देखिन्न ।
सरकारले दीर्घकालीन योजना बनाउनेतर्फ ८ महिना बित्न लाग्दा पनि बनाउन सकेन । कहिले भर्चुअल कक्षा त कहिले स्थानीय तहको अधिकार औल्याउँदै पन्छिन लागि रहेको छ जस्ले लाखौंलाख बिद्यार्थी माथि खेलबाड भैरहेको छ ।
बिधालय खुले पनि अबिभावक आफ्ना छोराछोरीलाई पढ्न पठाउन हिच्किचाहेको अवस्था रहेको छ । एक शैक्षिकसत्र सकिन लाग्दा एक बर्षको सबै शुल्क तिर्नु पर्ने र आफ्ना छोराछोरीको स्वास्थ प्रति त्यति नै संवेदनशिल समेत रहेका देखिन्छन् ।
बरु एक बर्षको पढाइ तीन महिनामा कति जान्दछन् र अर्को बर्ष पढाउला भन्नेहरु पनि धेरै छन् । सरकारले समेत अध्ययन - अध्यापन नगरेको अबधिको शुल्क नतिर्न भनेको तर पछि सायद अमुक दबाबमा आफ्नो निर्णय बिपरित शुल्क लिन पाउने निर्णय गरिदिनाले अबिभाबकहरु दोहोरो मानसिकतामा रहेको देखिन्छन् ।
बिद्यालय पनि यस्तै मानसिकतामा गुज्रिएको देखिन्छ । हुन त अविभावकको जस्तै अवस्था नदेखिए पनि एक शैक्षिकसत्र सम्मको अध्यापन पछि एउटा बिध्यार्थीको वार्षिक परीक्षाबाट उतिर्ण वा अनुत्तीर्ण के हुन्छन् त्यस्को कार्यक्रम पुरा गरिने भएकोले एक शैक्षिकसत्रको शुल्क लिन पाउनु पर्ने तर्क एकातिर छ भने अर्का तिर कोरोनालाई समेत ध्यान पुर्याउनु पर्ने, जस्को लागि सामाजिक दुरी कायम राख्दै अध्यापन गराउनुपर्ने हुदा जनशक्ति आवश्यक पर्दा पुरा शुल्क लिन पाउनु पर्ने तर्क राखेको देखिन्छ ।
साथै बिध्यार्थीको स्वास्थ्य प्रति आफुहरु संवेदनशिल हुनुपर्ने हुँदा तर्क जायज रहेको बताउँछन् ।
अब नानी - बाबु पढाउनेहरुमा बेग्लै किसिमको तनाव रहेको छ । यो छोटो अबधिमा कति कसरी पढाउने भन्ने कुराले समस्या रहेका छन् भने बिध्यार्थीहरुमा यति छोटो अबधिमा कसरी पढाएको कुरा बुझ्ने अनि परिक्षा दिने भन्ने कुराले मानसिक दबाबमा देखिन्छन् ।
अझ अब एस.इ.इ. दिनेहरु अरु बढि तनावमा रहेका छन् । एघारका बिध्यार्थीहरु कुन पाठ्यक्रम पढ्ने हो अन्योलमा रहेका छन् ।
मौसम प्रतिकूल रहनु पनि अन्योलतामा रहने कारण रहेकोे छ । कोरोनाको आक्रमणमा जाडो अर्को कारक तत्व हो ।
चिकित्सकले यो मौसम कोरोना वृद्धिका लागि अरु सहायकसिद्ध हुने भनाईलाई नजरअन्दाज गर्नसकेका छैनन् । जीवन रहे अन्यकुरा पछि सोच्न सकिने मानसिकताले थिचेको देखिन्छ ।
साथै कतै बिद्यालय खुले पनि कतै नखुलेको कारण शैक्षिकसत्र कसरी मिलान् होला भन्ने सन्देहमा रहेका सरोकारवालाहरुलाई आस्वस्त पार्नु सरकारको जिम्मेवारी हो ।
अब सरकारी क्रियाकलापलाई हेरौ, सरकार के गर्ने ? के नगर्ने ? दोहोरो मानसिकतामा रहेको देखिन्छ । भुतले खाजा खाने बेलाको बर्तमान अवस्थामा सरकार कस्को लागि ,कुन उदेश्य पुरा गर्न नयाँ पाठ्यक्रम लागु गर्न लागि परेको हो ?
शैक्षिकसत्र समाप्त हुन लाग्दा समेत हाल सम्म निर्णय गर्नु पर्ने निकायले नयाँ पाठ्यक्रमको बिषयमा समयमा निर्णय दिन नसक्दा सरोकारवाला सबै अन्योलमा रहेका छन् ।
एस.ई.ई. परिक्षा आउन तीन महिना बाकी रहेको अबस्थामा समेत उचित जवाफ र निकास दिन सकिरहेको छैन । यस कुराको जवाफ को सङ्ग माग्ने हो अन्योलमा रहेको बर्तमान अबस्थामा आम बिध्यार्थी अबिभावक रहेका छन् । आबश्यक निर्णयको प्रतीक्षामा सरोकारवालाहरु रहेका छन् ।