राष्ट्रियसभाको बैठक असार २ गते बस्ने

राष्ट्रियसभाको बैठक असार २ गते बस्ने

२०७९, जेठ ३१ मंगलवार

  • 845
    SHARES

  • राष्ट्रियसभाको बैठक असार २ गते बस्ने

    काठमाडौं । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ । 

    सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ ।

    सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेको उल्लेख छ ।

    २०७९, जेठ ३१ मंगलवार०१:४५:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार