आज देखि हट्यो आइतवारको विदा, अब शनिबार मात्रै

आज देखि हट्यो आइतवारको विदा, अब शनिबार मात्रै

२०७९, आषाढ १ बुधवार

  • 921
    SHARES

  • आज देखि हट्यो आइतवारको विदा, अब शनिबार मात्रै

    काठमाडौँ । सरकारले सातामा दुई दिन शनिवार र आइतवार सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ ।

    सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले जेठ १ गतेदेखि परीक्षणका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

    जेठको मध्यतीर लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार यो निर्णयलाई असार १ गतेदेखि खारेज गर्ने प्रस्ताव भएको थियो। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।

    यसअघि सरकारले परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने तथा विहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको थियो । अब कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

    नेपालमा यसअघि प्रशासन सुधार आयोगको प्रस्तावअनुसार २०५६ सालमा सातामा दुई दिन बिदा दिइए पनि केही समयमै बन्द भएको थियो।

    २०७९, आषाढ १ बुधवार०७:४१:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार