राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

२०७९, आषाढ १ बुधवार

  • 1.0K
    SHARES

  • राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

    काठमाडौँ । विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने भएका छन् ।  

    स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेशको अन्तिम गृहकार्यमा जुटेका हुन् । राप्रपाले दिने पदमा कुरा मिले मिश्र केही दिन भित्रै उक्त पार्टी प्रवेश गर्ने निकट स्रोतको दाबी छ।

    सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए। राप्रपाले त्यसलाई अस्वीकार गरेको जानकारी दिँदै निकट एक नेताका अनुसार त्यसपछि सह(अध्यक्षको प्रस्तावसहित मिश्र छलफल थिए ।

    तर, राप्रपाले दुई अध्यक्ष वा सह(अध्यक्ष दुवै बनाउन नसकिने जनाउँदै विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ। महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ। 

    २०७९, आषाढ १ बुधवार०८:२३:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार