काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको निर्वाचन निश्चित भएसॅगै कर्मचारी नेताहरु मत माग्न व्यस्त देखिएका छन् । निर्वाचन यहि असार १० गते हुँदैछ ।
कर्मचारीका हकहितका लागि भनेर खोलिएका संगठनले मर्कामा परेका कर्मचारीका विषयमा नबोलेका देखि लिएर चुनावमा गरेका बाचा नभुल्न समेत कर्मचारीहरुले स्मरण गराएका छन् ।
मंगलवार प्रगतिशिल कर्मचारी संगठनका अध्यक्षका उमेदवार क्षत्र कार्की सहितको समूहले विश्वविद्यालय परिसर भित्र मत मागेको छ । मुस्कानका साथ मत माग्दै हिँडेका कार्कीलाई भेटेजति कर्मचारीले पनि मुस्कान दिएरै मत दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्की समूह मत माग्दै जब विश्वविद्यालयको एक विभागमा पुग्यो । तब शुरुमा प्रश्नका वर्षा सहित, आक्रोश मिश्रित लवजमा कर्मचारी प्रस्तुत भए । कारण थियो त चुनावका समयमा कर्मचारी नेताहरु सेलिब्रेटी जस्तै गरेर मत माग्न आउने, चुनाव सकिए पछि देखेको नदेखेकै गरेर तर्कने । त्यतिमात्र होइन चुनावमा गरेका बाचा पुरा गर्नमा प्रयत्नरत नरहनुका साथै इमान्दारिता नदेखाएको आक्षेप समेत उनीहरुले लगाएका छन् ।
उनीहरुले प्रश्न गर्दै भने, " मत दिएर के हुन्छ ? कर्मचारीको हित कसरी भयो ? दैनिक ज्यालादारी र करारमा रहेका कर्मचारीका माग सम्बोधन कसरी गर्नुहुन्छ ? किन सँधै नपढेका, सामान्य पढेलेखेका कर्मचारी मात्र पिडित बनाइन्छ ? हामी काम गरेर खाने की नेताका घर घर धाउने ?", यस्ता प्रश्नले कार्की समूह चिन्तित देखिन्थ्यो ।

तत्पश्चात आक्रोशित कर्मचारीलाई शान्त बनाउँदै कार्कीले भने, "प्रगतिशिल कर्मचारी संगठन मात्रका प्रयासले केही पनि हुँदैन, कर्मचारीका समस्यालाई कानूनत: सम्बोधन गर्ने आधिकारिक ट्रेड युनियन कर्मचारी संघमा जिताएर पठाउनोस्, पूर्ण सामर्थ्य लगाएर इमान्दारिताका साथ विवेकपूर्ण ढंगले कर्मचारीका हकहितमा काम गर्नेछु ।"
कार्कीको शालिन जवाफले मुसुक्क हाँसो व्यक्त गर्दै थप आक्रोशित हुँदै कर्मचारीहरुले भने, "कार्की सरलाई १० मिनट र्याखर्याख्ती पारियो अब अर्को पनि के के संगठन होला उनीहरु पनि आउलान्, तिनीहरुलाई ५० मिनट भन्दा बढि समय र्याखर्याख्ती पार्नेछौं ।"
त्यसैगरि अरु कर्मचारी थप्दै थिए, "यो भन्दा अगाडी जितेर गएर माखो पनि मारेनन् । अब नयाँ नयाँ झुटका आश्वासन त्यो नभए डर, धाक, धम्की दिएर कर्मचारीलाई थर्काउने सोच होला । एक्काइशौँ सताव्दीका कर्मचारीलाई ललाउने, फकाउने र तर्साउने दुस्साहस किमार्थ स्विकार्य छैन ।" नाम मात्रका कर्मचारी संघ संगठन भए, तर कर्मचारीका हकहितमा काम गर्ने कोही भएनन उनीहरुको आक्रोश छ ।
जिताएर पठाउनोस् : १- २ - ३ गर्दै प्राथमिकताका आधारमा समस्या हल गरेनौं भने कर्मचारी अदालतबाट भाग्न नसक्ने भन्दै कार्की सहित अन्य नेताले थपे पछि नमस्कार अभिवादन गर्दै सबै आ -आफ्ना गन्तव्यमा लागेका थिए ।"
यस्तो बन्यो त्रिवि कर्मचारी संघको निर्वाचनका लागि प्रगतिशील समूहको प्यानल
त्रिवि कर्मचारी संघको निर्वाचन हुँदै, यहाँपनि सत्ता गठबन्धनको छायाँ !