एसपिपीबारे सांसदहरुले मागे सरकारसँग जवाफ

एसपिपीबारे सांसदहरुले मागे सरकारसँग जवाफ

२०७९, आषाढ १ बुधवार

  • 781
    SHARES

  • एसपिपीबारे सांसदहरुले मागे सरकारसँग जवाफ

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसद प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपिपी) सम्झौता गर्न लागेको भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    आजको बैठकमा विशेष समय लिएर पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरी कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै यसबारेमा सदनलाई स्पष्ट पार्न माग गरे ।

    उनले सन् २०१५ मा भएको पत्राचारपछि सो सम्झौताको मस्यौदा तत्कालीन सरकारले गहिरो अध्ययनविना प्रक्रिया अघि नबढाएको स्मरण पनि गरे । साथै नेता ज्ञवालीले नेपाली सेना विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा बाहेक अन्य कुनै पनि मुलुकको रणनीतिक छातामुनि खट्न नहुने स्पष्ट गरे ।

    नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असार पार्ने कार्य नगर्न उनले आग्रह गरे ।

    २०७९, आषाढ १ बुधवार०१:२३:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार