राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न कार्यदल गठन

राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न कार्यदल गठन

२०७९, आषाढ १ बुधवार

  • 849
    SHARES

  • राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न कार्यदल गठन

    रुपन्देही । स्वास्थ्य, जनसङ्ख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । 

    आज बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।  

    जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहेकोे सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

    मन्त्रिपरिषद्ले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेशसभामा पेश गर्ने स्वीकृती प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृतीका लागि पेशका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

    २०७९, आषाढ १ बुधवार०८:३२:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार