आज कहाँ कहाँ पर्दैछ पानी ?

आज कहाँ कहाँ पर्दैछ पानी ?

२०७९, आषाढ २ बिहिवार

  • 881
    SHARES

  • आज कहाँ कहाँ पर्दैछ पानी ?

    काठमाडौँ । आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ । ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ ।

    आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

    राति प्रदेश १, मधेश र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    २०७९, आषाढ २ बिहिवार०७:१४:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार