लमजुङ । जिल्ला समन्वय समिति मनाङमा नेपाली एमाले र कांग्रेसले गठबन्धन गरेका छन्। सहमतिअनुसार नै बिहीबार मनोनयन दर्ता गरिने भएको हो।
उनीहरुले प्रमुख र उपप्रुमख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन्।
जसअनुसार एमालेको भागमा प्रमुख र कांग्रेसको भागमा उपप्रमुख परेको छ। प्रमुखमा एमालेका चिनबहादुर घले र उपप्रमुख चन्द्रबहादुर घलेलाई उम्मेदवार बनाउने सहमति पनि भएको छ।
प्रमुख र उपप्रमुखको टुंगो लागे पनि सदस्यहरु बिहीबार टुंगो लाग्नेछ।