मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

२०७९, आषाढ २ बिहिवार

  • 725
    SHARES

  • मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । 

    बुधवार बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  

    यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई बुधवार बसेको स्थायी कमिटीले अनुमोदन गरेको उनले बताए । “उचित समयमा बजेटको काम सकिएपछि हामीले नयाँ मन्त्री पठाउनेछौँ”, उनले भने । यस्तै बैठकले राष्ट्रिय हितमा प्रतिकूल पार्ने कुनै पनि किसिमका सन्धि सम्झौता गर्न नदिने र सरकारले त्यो कुरामा सजक गराइने निर्णयसमेत गरेको उनले जानकारी दिए ।   
     
    पार्टीले निर्वाचनको समीक्षा गर्दा काँग्रेस र माओवादीलगायत पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने प्रयास गर्ने तथा विगतका कमजोरीलाई सच्याउनका लागि सबैलाई एक ठाउँमा ल्याउने र अझ परिकृत भएर अगाडि बढ्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताए ।  

    उनका अनुसार असार १० गते पोलिटब्युराको बैठक, ११ गते केन्द्रीय कमिटी बैठक र असार १२ र २३ गते केन्द्रीय परिषद्को बैठक डाकिएको छ  । 

    बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरेका छन् । प्रतिवेदनमा परिमार्जन गरेर नयाँ राजनीतिक प्रतिवेदन गरिने र सो प्रतिवेदन केन्द्रीय कमिटीबाट अन्तिम रुप दिइने उनले बताए ।  

    यस्तै बैठकले कर्णाली प्रदेशमा २० जना प्रदेश सदस्य जना मनोनीत गरेको र पार्टी विरोधी गतिविधि गरेका १२ जनालाई हटाइएको उनले जानकारी दिए । 

    २०७९, आषाढ २ बिहिवार०७:३५:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार