आज प्रधानमन्त्री र अर्थमन्त्रीले संसदमा जवाफ दिँदै

आज प्रधानमन्त्री र अर्थमन्त्रीले संसदमा जवाफ दिँदै

२०७९, आषाढ २ बिहिवार

  • 769
    SHARES

  • आज प्रधानमन्त्री र अर्थमन्त्रीले संसदमा जवाफ दिँदै

    काठमाडौँ । आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

    बुधवारकै बैठकमा ती मन्त्रालय र निकायले जवाफ दिने तयारी गरिए पनि सम्भव नभएपछि आजको बैठकमा तयारी गरिएको हो । विभिन्न मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारितको चरणमा पुग्नेछ ।

    बजेटअन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमा खर्च कटौती सम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गर्ने कार्यसूची छ । संसद् सचिवालयका अनुसार २३ जना सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् ।

    प्रश्नको जवाफ दिने काम सकिएपछि आजै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

    २०७९, आषाढ २ बिहिवार०७:४७:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार