भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

२०७९, आषाढ २ बिहिवार

  • 813
    SHARES

  • भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३  जना सङ्क्रमित भएका छन् । बुधबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । 

    यस वर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए ।  गत बुधबार भारतमा   आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए ।  भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ । 

    यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ ।  सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१३ प्रतिशत हो । 

    पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६५ प्रतिशत रहेको छ । 

    कोरोना महामारीबाट बुधबार भारतमा ११ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसमम भारतमा  ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

    भारतमा  सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९५ करोड ६७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।-एजेन्सी । 

    २०७९, आषाढ २ बिहिवार०२:११:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार