प्रमुख प्रतिपक्षद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार

प्रमुख प्रतिपक्षद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार

२०७९, आषाढ २ बिहिवार

  • 877
    SHARES

  • प्रमुख प्रतिपक्षद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ ।

    बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति गठन गर्न  माग गर्दै बहिष्कार गरिएको हो ।

    त्यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरू छलफलमा सहभागी नहुने र बहिष्कार गर्ने बताएका थिए ।

    सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकका सन्दर्भमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा उठेको जिज्ञासाका बारेमा जवाफ दिइरहेका बेला एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

    एमालेले बजेट निर्माणको क्रममा राख्नुपर्ने गोप्यता नराखेको तथा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लगाएको छ । 

    २०७९, आषाढ २ बिहिवार०३:०७:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार