काठमाडौं । बैंक, विमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ राष्ट्रिय समितीको केन्द्रीय अध्यक्षमा धर्मराज मैनाली चयन भएका छन् ।
सोमबार काठमाडौंमा सम्पन्न भेलाले संचयकोष कर्मचारी संघका अध्यक्ष समेत रहेका मैनालीको नेतृत्वमा समिति गठन गरेको हो ।
बैंक, विमा तथा वित्तीय क्षेत्रमा कार्यरत कामदार कर्मचारीहरुको पेशागत हकहितको संरक्षण र संवर्द्धन तथा सम्बन्धित प्रतिष्ठानको सेवालाई प्रभावकारी बनाई राष्ट्रोन्नतिका कार्यमा सहयोग पुर्याउने बिफुको उद्देश्य रहेको छ ।
पेशागत महासंघमा आवद्ध यस संघको कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।
यस क्षेत्रमा रहेका कर्मचारीका विविध समस्यालाई उठान गर्दै तार्किक निष्कर्षमा पुर्याउन समिति अव्वल बनोस् भेलामा प्रमुख अतिथि समेत रहेका नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा पेशागत महासंघ नेपालका इन्चार्ज एवं संयोजक बाबुराम थापाले भनेका थिए ।
भेलामा पेशागत विशेष जिल्ला कमिटी अध्यक्ष उमेश ढकालको समेत उपस्थिति रहेको थियो ।